उपत्यकामा पहिलाे बन्याे नागार्जुन नगरपालिका

 

काठमाडौँ । काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिका मध्ये नागार्जुन नगरपालिका सबै भन्दा कम बेरुजु कायम गर्न सफल भएको छ ।

महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार उपत्यकाका नगरपालिका मध्य पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७८\७९ मा नागार्जुन नगरपालिकाको 0 दशमलब २२ प्रतिशत मात्र बेरुजु कायम भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कुल ७५३ स्थानीय तह मध्ये नागार्जुन नगरपालिका सातौ स्थानमा र बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये तेस्रो स्थानमा र उपत्यकाका १८ वटा नगरपालिका मध्ये पहिलो स्थानमा सफल भएको हो ।

नागार्जुन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले उपत्यकाका नगरपालिका मध्ये नागार्जुन सबैभन्दा कम बेरुजु कायम गर्न सफल रहेको बताए । उनले आगामी दिनमा शून्य बेरुजु कायम गर्ने उदेश्यका साथै आर्थिक कार्यप्रणालीलाई स्वच्छ तवरले कार्यान्वयन गर्ने बताए ।

महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार काठमाडौँ महानगरपालिकामा बेरुजु कुल लेखा परीक्षण गरिएको मध्ये २.६ प्रतिशत, शङ्खरापुरको १.०१, बुढानिलकण्ठ २.ं१९, कीर्तिपुर २.६१, तारकेश्वर ०.६१, गोकणेश्वर २.६५, टोखा ०.५९, दक्षिणकाली २.०२, कागेश्वरी मनोहरा ३.०९ र चन्द्रागिरी नगरपालिकाको १.६१ प्रतिशत बेरुजु कायम गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ललितपुर महानगरको ७.०४, गोदावरी नगरपालिकाको २.७२, महालक्ष्मीको १.७८ प्रतिशत बेरुजु कायम गरिएको छ । सूर्यविनायक १.०२, मध्यपुर १.२७, चाँगुनारायण २.२५ र भक्तपुर नगरपालिका १.५६ प्रतिशत बेरुजु कायम भएको महालेखा परीक्षकको ६० औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर