ठगीको आरोपमा ग्यालक्सी टिभीका सञ्चालक राई पक्राउ

काठमाडौं । सूर्य दर्शन बचत तथा ऋण सहकारीका सञ्चालकसमेत रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीवी राई सोमबार पक्राउ परेका छन् । राई अहिले उपत्यका अपराध अनुसन्धान महाशाखा, मीनभवनको हिरासतमा छन् । उनीविरुद्ध आइतबार मात्रै पक्राउ पुर्जी जारी भएको थियो ।

राई समूहको सहकारीविरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २२ गते जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर