“गुण्डा र दलालहरूलाई हामी ज्युँदै छौँ भन्ने देखाउनुपर्‍यो”

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौं जनतालाई सडकमा ल्याएर परिवर्तनको पक्षमा शक्ति देखाउने कुरा दोहोर्‍याएका छन्। विराटनगरमा सोमबारआयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले भने, ‘नाम त किन लिनु र निरंकुशताका दलालहरूको। अस्ति एउटाले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्‍यो। लोकतन्त्रवादी नेतालाई उसले खुकुरी हान्ने? गठबन्धनको सरकारमै भएको सहमहामन्त्रीलाई। भनेपछि उनीहरूको मनोबल कस्तो रहेछ?।’ उनले अहिले आफूहरू चाहिँ रक्षात्मक हुनुपरेको भन्दै अब त्यस्तो नहुने बताए। ‘अब यो समाजवादी मोर्चाले जहाँ बदमाशी हुन्छ, गालीगलौज हुन्छ। इँटको जवाफ पत्थरले दिन्छ। त्यो दिनै पर्‍यो तिनीहरूलाई’, उनले भने।

प्रधानमन्त्री प्रचण्डले जिन्दगीभर जेल, नेल, भूमिगत, त्याग, तपस्या र बलिदान गरेर देशमा गणतन्त्र ल्याउनेहरू रक्षात्मक अवस्थामा पुगेको देखिएको बताए। ‘मैले के सोचेको भने, साथीहरूसँग पनि भनिरहेको छु। सुदूरपश्चिममा भएपछि सातै प्रदेशमा सन्देश सभा सकिन्छ। मोर्चा पनि घोषणा हुन्’, उनले भने, ‘त्यसपछि हामी बसेर कार्यक्रम बनाउँछौँ सडकमा जाने। लाखौँ जनतालाई सडकमा ल्याउने हो र गुण्डाहरू दलालहरूलाई हामी ज्युँदै छौँ भन्ने देखाउनुपर्‍यो। जनता जीवित छन् भनेर देखाउनुपर्‍यो। अनि मात्रै हाम्रो जित हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर