सोमबार नेप्से ४४.३० अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार हरियाली छाएको छ । आज नेप्से ४४.३० अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ९९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.२३ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार सोमबार कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

जसमा थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मेलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का कलगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.४३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनको भएको छ । यस कम्पनीको आज ६ करोड २क५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर