कांग्रेससँग साझेदारी गर्ने मोर्चाको उद्देश्य हो : यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा नेपालले कांग्रेससँग साझेदारी गरेर अगाडि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले कांग्रेससँगको सल्लाह, सहमति र साझेदारी गर्ने विश्वासका साथ मोर्चा बनेको बताए । उनले मोर्चा र कांग्रेसलाई अहिले छुट्याएर हेर्नुभन्दा साझेदारी भइरहेको राजनीतिक सहयात्रीको रूपमा लिनुपर्ने बताए । “मोर्चाको विषयलाई लिएर कोही कसैलाई कुनै प्रकारको भ्रम छ भने त्यो नराख्न र मोर्चाले कांग्रेससँग साझेदारी गर्दै अगाडि बढिरहेकोमा स्पष्ट हुन मेरो आग्रह छ,” अध्यक्ष यादवको भनाइ रह्यो ।

समाजवादी मोर्चा नेपालले विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्न आएका अध्यक्ष यादवलाई कोशी प्रदेशमा गठबन्धनले दुई पटक संविधान मिचेर गलत काम गरेको विषयमा पनि प्रश्न गरिएको थियो । जवाफमा अध्यक्ष यादवले भने, “यो गलत गरेको भन्दा पनि प्रणालीमा देखिएको दोष हो, संसदीय व्यवस्थामा दुई तिहाइको सङ्ख्या त टिक्न नसकेर कतिपय बेलामा यस्ता काम हुने गर्छ भने यहाँ एक दुई सङ्ख्याको फरक पर्दा यस्तो समस्या आइपरेको हो । त्यसैले संविधानको व्यवस्थामै केही त्रुटिहरू छन् त्यसलाई सच्याउनुपर्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर