एसिया कप : आज भारत-पाकिस्तानबीच पुनः खेल हुँदै

काठमाडौं । भारत र पाकिस्तानका बीचमा श्रीलंकाको कोलम्बोमा भइरहेको एसिया कपको म्याच वर्षाका कारण रोकिएको छ। अब आज सोमबार उक्त खेल अगाडि बढ्ने भएको छ। आइतबार  पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाउँदै १४७ रन बनाएको थियो। वर्षाका कारण त्यसपछि खेल सुरु हुन सकेन।

अब भारतीय टिमले आफ्नो पारी सोमबार यहिँबाट अगाडि बढाउनेछ। विराट कोहली ८ र केएल राहुल १७ रन बनाएर नटआउट छन्। ओपनिङमा आएका कप्तान रोहित शर्माले ५६ र सुशमन गिललले ५८ रन बनाएका थिए। भारत र पाकिस्तानका बीच लीग राउन्डमा पनि वर्षाका कारण खेल रद्द भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर