प्रधानमन्त्री प्रचण्डको हेटौंडामा भ्रष्टाचारविरुद्ध बुलन्द भाषण

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरूको सातो गएको बताएका छन् ।

समाजवादी मोर्चाले बागमती प्रदेशअन्तर्गत आइतबार हेटौँडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानले प्रतिगामीहरूको सातो उडेको बताएका हुन् । यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिने गरी काम सुरु गर्ने आफ्नो योजनाअनुरूप भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले सरकार भ्रष्टाचारलाई निर्मूल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पारे । हिजो कुशासन चलाउनेहरू अहिले सरकारले सुरु गरेको अभियानबाट आत्तिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुरु गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । सरकारको अभियानबाट आत्तिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्मविपरीत सरकारविरुद्ध सबै खाले षड्यन्त्र र तानाबाना बुन्न तल्लीन रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘‘सरकारले जसरी एकपछि अर्को भ्रष्टाचार काण्डहरू खोल्दै गएको एकाथरीलाई मन परेको छैन। उनीहरू सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन् भ्रष्टाचारका काण्ड मच्चाउनेहरू एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हट्दैन् । यसलाई अझै सशक्त ढङ्गबाट लगिने छ’’, प्रधानमन्त्री प्रचण्डले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर