चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिन अगाडि दिएको विवादास्पद अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।
नेपाल प्रेस युनियन रामेछापले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताए । कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कूटनीतिक मर्यादाविपरीत हुने बताए ।
चिनियाँ राजदूतले केही दिन अगाडि भारतसँग नेपालको असमान विद्युत व्यापारसहितका समस्या रहेको भन्दै निर्भरता कम गर्दै जानुपर्ने बताएका थिए । १० अर्बको विद्युत निर्यात गरेर १९ अर्बको बिजुली किन्नु असमानता भएको उनको भनाइ थियो ।
नेपाली कांग्रेसमा चरम गूटबन्दी भएका कारण समस्या भएको बताउँदै उनले गुटबन्दी रोक्न सक्ने सामथ्र्य आफूसँग मात्र रहेको दाबीसमेत गरे ।
गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने उनको भनाइ छ । वर्षात् सकिएलगत्तै देश दौडाहमा जाने भन्दै उनले आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए । डा. कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि प्रष्ट्याए । सरकारले कृषिमा बजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने उनको विचार थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर