मोर्चाको आज हेटौँडामा सन्देशसभा

काठमाडौं । सत्तापक्षीय ३ दलसहित ४ दल सम्मेलित समाजवादी मोर्चाले आज (आइतबार) मकवानपुरको हेटौँडामा सन्देश सभा गर्दै छ। शनिबार पत्रकार सम्मेलन गरी हेटौँडामा हुने सन्देश सभाबारे जानकारी दिइएको थियो। सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौँडामा सभा हुने नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्। आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने समेत तयारी छ।

सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लगायतले सम्बोधन गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर