दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ को मृत्यु

काठमाडौं । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी ९ जना घाइते भएका हुन् । दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो ।

आगलागीको कारण बारेमा केही खुलाइएको छैन । मृत्यु हुनेमा ४ भारतीय र ३ जना पाकिस्तानी नागरिक रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर