सहिद स्मारक ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

काठमाडौं ।सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबार नवौं चरणका दुई खेलहरु हुँदैछ ।

नवौं चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

हिमालयन आज तेस्रो जितको योजनामा हुनेछ । हिमालयन ८ खेलमा ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ५ अंक जोडेर पुछारमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । थ्री स्टार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार आज पाँचौ जितको खोजीमा हुनेछ । थ्री स्टार १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

चर्च ब्वाइज चौंथो जित निकाल्न चाहन्छ । चर्च १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर