राष्ट्रियसभाको बैठक अनिश्चिकालका लागि स्थगित

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज शुक्रबार जारी सूचनामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको उल्लेख छ ।

अर्को बैठकको मिति र समय राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको महासचिव गौतमले जानकारी दिए ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार अहिले राष्ट्रियसभामा एजेन्डा नै छैन । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक आउन सक्ने अनुमान गरेर आइतवार राष्ट्रियसभाको बैठक राखिएको थियो । तर ती विधेयक नआउने भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गर्नुपरेको हो । पछिल्लो आठ महिनामा दुवै सदनबाट आर्थिक विधेयकबाहेक मिटरब्याजसम्बन्धी एउटा मात्र विधेयक पारित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर