थाइल्याण्डद्वारा नेपाल पराजित

काठमाडौं । नेपाल महिला टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाइल्याण्डसँग पराजित भएको छ । मलेसियामा सम्पन्न सेमिफाइनल खेलमा थाइल्याण्डले नेपाललाई ४६ रनले पराजित गरेको हो ।

थाइल्याण्डले दिएको १०६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ५९ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको हो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

यो हारसँगै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन असफल भएको छ । नेपाललाई पराजित गर्दै थाइल्याण्ड फाइनलमा पुगेको छ भने महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर