युनाईटेडको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युनाईटेडले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो ।

युनाईटेडको जितमा एन्टोनी र डिएगो डालोटले एक एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडको जित पक्का गरे ।

जितसँगै युनाईटेडले ३० खेलमा ५९ अंक जोडेको छ ।

युनाईटेड तेस्रो स्थानमा रहेको छ ।

फरेस्ट २७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर