सुन तस्करी प्रकरणमा थप एक पक्राउ, पक्राउ पर्नेको सङ्ख्या २७ पुगे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० केजीभन्दा बढी सुन तस्करी प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेको प्रहरीले जनाएको छ । उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन्। उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका सफरलाई सीआईबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने बताइएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर