मेस्सी गोलमा अर्जेन्टिनाको विजयी सुरुआत

काठमाडौं । कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुआतत गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको हो ।

अर्जेन्टिनाले ईक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सीले खेलको ७८ औ मिनेटमा फ्रिकिकमार्फत गोल गरे ।

यो जितसँगै अर्जेन्टिनाले ३ अंक बटुलेको छ ।

शुक्रबार नै भएको अन्य खेलमा कोलम्बियाले भेनेजुयलालाई पराजित गरेको छ ।

भने, पराग्वे रपेरुले गोल रहित बराबरी खेलेका छन् ।

छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर