क्यालिफोर्निया भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने पहिलो राज्य

काठमाडौं ।  अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ ।

क्यालिफोर्निया राज्यको पछिल्लो कदमले आफूमाथि जातको आधारमा भेदभाव हुने गरेको गुनासो गर्दै आएका दक्षिण एसियाली मूलका मानिसलाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

राज्यको विधानसभाले पारित गरेको यो विधेयकमा हस्ताक्षर गरेर अब त्यसलाई कानुनको रूप दिने कि नदिने भन्ने निर्णय राज्यका गभर्नरले गर्नुपर्ने हुन्छ । गएको फेब्रुअरीमा जातीय विभेदमा प्रतिबन्ध लगाएर सियाटल त्यस्तो नियम बनाउने पहिलो सहर बनेको थियो ।

क्यालिफोर्निया राज्यका डेमोक्र्याट गभर्नर ग्याभिन न्युसमको कार्यालयले विधेयक आफ्नो टेबलमा आएपछि त्यसको समीक्षा गर्ने बताएका बीबीसीले जनाएको छ । केही हिन्दु समूहले जातीय प्रणाली उत्तरी अमेरिकामा गम्भीर मुद्दाको रूपमा नरहेको दाबी गर्दै आएका छन् ।

केही दलित अधिकारकर्मीले त्यस्तो दाबीलाई अस्वीकार गर्दै आफूहरूले परम्परागत रूपमा विशेष सुविधा पाउँदै आएका भनिने समुदायका मानिसबाट भेदभावको सामना गर्नुपरिरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर