आगामी तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको उनले जानकारी दिए ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको उनले जानकारी दिए ।

राति काठमाडौँ उपत्यकासहित देशका कतिपय स्थानमा वर्षा भएको छ । पछिल्लो एक घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर