एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दल एमालेको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशहरु सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले संविधानको धारा १६८को उपधारा २ अनुसार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा आदेश गरेको हो।
सर्वोच्चमा एमालेले विश्वासको मत बदर भई उपधारा ३ अनुसार सरकार निर्माण हुनुपर्ने माग गर्दै रिट दायर गरेको थियो। उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिट जारी हुने आदेश गरेको हो। मुख्यमन्त्री उद्धव थापाले योसँगै दोस्रोपटक मुख्यमन्त्री पद गुमाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर