कान्ति बाल अस्पतालको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । कान्ति बाल अस्पतालले सोमबार राति आकस्मिक कक्षामा भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

अस्पतालका निर्देशक डा.पंकज रायका अनुसार सोमबार राति अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन डा. प्रकाश जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले पाँच दिन भित्र सत्य, तथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्न अनुरोध गरेको डा। रायले जानकारी दिनुभयो ।

मकवानपुर थाहा नगरपालिका(१० घर भएर काठमाडौं बाफलमा बस्दै आएकी पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो र तारन्तार बान्ता भएकोले सोमबार अपराह्न ५ बजे उनका आमा र हजुरबुवाले कान्ति अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएको थियो । आकस्मिक कक्षमा पालो कुर्दाकुर्दै उनको मृत्यु भएको थियो । परिवारका अनुसार उहाँहरूले आकस्मिक कक्षामा ८० मिनेट पालो कुरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर