अभिनेत्री गौरी मल्लको तिज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक

काठमाडौं । अभिनेत्री गौरी मल्लको तिज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री द्वय वसुन्धरा भुसा, मिथिला शर्मा लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो । 

अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन् ।

 गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गरेका हुन् । 

म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर