विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

काठमाडौं । अष्ट्रेलियाले यस वर्ष भारतमा हुने आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ ।

प्याट कमिंसको कप्तानीमा १५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

गत महिना उसले १८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो ।

१८ सदस्यीय टोलीबाट लेग स्पिनर तनवीर सांघा, तीव्र गतिका बलर नाथन एलिस र अलराउण्डर आरोन हार्डीलाई बाहिर राख्दै टोली घोषणा गरेको हो ।

अष्ट्रेलियाको टोली 

प्याट कमिन्स (कप्तान), सन एबोट, एस्टन एगर, एलेक्स केरी, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा….  एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर