सुन तस्करीबारे पूर्वउपराष्ट्रपतिका छोरा दीपेशसँग सिआइबीको सोधपुछ

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सिआइबी ६० किलो सुन प्रकरणमा सोधपुछ गरेको छ। गत साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान जारी छ।

यस्तै त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलसँग पनि सिआइबीले सोधपुछ गरिसकेको बताइन्छ । सुन बरामद हुँदाको बखतमा पोखरेल बिदामा भए पनि उनीलाई सोधपुछ गरेको हो। यो प्रकरणमा नेताहरु र भिआइपी पनि जोडिएको चर्चाका बीच सिआइबीले शंकास्पद भूमिका देखिएकाहरुसँग सोधपुछ कार्यलाई तीव्रता दिएको छ।

सुन तस्करीका मुछिएका चिनियाँ नागरिहरुसँग दीपेशको ‘कनेक्सन’ देखिएपछि सोधपुछ गरेको छ। नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका दीपेशलाई सोमबार झिकाएर सोधपुछ गरिएको बुझिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर