राष्ट्रपति सी जी–२०को सम्मेलनमा सहभागी नहुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतमा आगामी सेप्टेम्बर ९ र १० मा हुने ‘जी–२० शिखर सम्मेलन’मा सहभागी नहुने भएका छन्। चीनको विदेश मन्त्रालयले सोमबार उक्त जानकारी दिएको हो।

सीको भ्रमण रद्द भएको जानकारी दिँदै मन्त्रालयले उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ली च्याङ नयाँदिल्ली जाने बताएको हो। केही दिनअघि दक्षिण अफ्रिकामा भएको ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच भेट भएको थियो। भेटमा दुवै नेताबीच सीमा विवादका विषयमा पनि कुराकानी भएको थियो। तर यो भेटपछि चीनले अरुणाचल प्रदेश र अक्साई चीनलाई आफ्नो सीमाभित्र देखाएर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको मतभेद फेरि चुलिएको छ। राष्ट्रपति सी नयाँदिल्ली नजानुमा तिब्बती धर्मगुरु दलाई लामा भारतमा शरणार्थी जीवन बिताइरहनु पनि प्रमुख कारण मानिएको छ ।

गएको २५ अगस्टमा रुसी राष्ट्रपति भ्लादिमर पुटिनको पनि जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत जाने कार्यक्रम रद्द भएको थियो। उनी हालै दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका ) शिखर सम्मेलनमा पनि पुटिन अनुपस्थित थिए। गत वर्ष इन्डोनोसियाको बालीमा सम्पन्न जी-२० सम्मेलनमा पनि पुटिन सहभागी भएका थिएनन्। पुटिनविरुद्ध युक्रेनमाथि सैनिक आक्रमण गरेका कारण इन्टरनेशनल कोर्ट अफ जस्टिस (हेग) ले पक्राउ पूर्जी जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर