अख्तियारद्वारा विशेष अदालतविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा रविन्द्रनाथ चौधरी र अर्का प्रतिवादी रामलखन चौधरीमाथि रहेको नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनार्इ भ्रष्टाचार गरेको आरोप छ । यसैगरी, गोपालचन्द्र लामा र अर्का प्रतिवादी रामप्रसाद देवकोटामाथि सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप छ ।

अख्तियारबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये नक्कली स्थायी अध्यापन अनुमतिपत्र र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बनधी मुद्दामा आयोगको निर्णयअनुसार भदौ १८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर