नयाँ वर्षमा पनि घट्यो सेयर बजार

काठमाडौं । २०८० सालको पहिलो कारोबार अर्थात् साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ ।

बिहिबार नेप्से परिसूचक २.८० अंकले ओरालो लागेको हो । यो संगै सुचक १९३१.६८ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२६ अङ्कले घटेर ३६७.७३ विन्दुमा पुगेको छ।

यसअघि बिहीबारको कारोबारमा भने नेप्से परिसूचक २९ अंकले ओरालो लागि १९३४ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार कूल २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ४५ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।

यसैगरी, नेप्से सुचकमा ७० कम्पनीमा वृद्धि भएको छ । १३९ कम्पनीमा ओरालो लागेको र १० कम्पनी स्थिर रहेको छ ।  कारोबारको आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ८९ लाख रुपैयाँको कारोबार गरेको छ ।

यसैगरि एनआसि एशिया कम्पनीले र सिवम सिमेन्टको ३ भन्दा बढि कारोबार भएको हो । आइतबार १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनीहरुमा ओरालो लागेको भएको छ । बैंकिङ सुचक, होटल तथा पर्यटन, जिवन बिमा र निर्जीवन बिमा कम्पनीहरुमा उकालो लागेको छ।

आइतबार आदर्श लघुवित्त वित्तिय संस्था सिद्धार्थ, मोलुङ जलविद्युत र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर