काफ्लेले प्रमुख सचेतक पदबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामासमक्ष राजीनामा पेश गरेका हुन् ।

काफ्लेले आफू दोलखाबाट निर्वाचित भएको स्मरण गर्दै सचेतकको भूमिकामा रहँदा दोलखाली जनताको सेवाका लागि समय अभाव भएको बताउँदै प्रमुख सचेतकबाट राजीनामा दिएको बताएका छन् । केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहने उनको भनाइ छ ।

काफ्ले प्रदेशसभामा दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुँदै उनी कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर