संक्रमणकालीन न्यायसँग सम्बिन्धत विषय छिटो टुंगोमा पुग्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्ने र  सङ्क्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताएका हुन् । 

विगतका मानवअधिकार उल्लङ्घनलाई अझै सम्बोधन गर्न नसकेको भन्दै उनले पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्नको लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया स्थापना गर्न सरकारको प्रतिबद्धता रहेको बताए । 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर