सोमबार सुनको मूल्य ४ सयले बढेर एक लाख १३ हजार

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन ४ सय र ५ रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार ४ सयले बढेर एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर