ओसासुनामाथि बार्सिलोनाको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई हराएको छ । आईतबार राति बार्सिलोनाले घरेलु टोली ओसासुनालाई २–१ गोल अन्तरले हराएको हो ।

जोआओ केन्सिलो र जोआसो फेलिक्सले डेब्यु गरेको खेलमा बार्सिलोनाले ला लिगामा संघर्षपूर्ण जित दर्ता गरेको हो ।

जुल्स कोन्डेको गोलमा बार्सिलोनाले खेलमा सुरुआती अग्रता बनाएको थियो । इल्के गुन्डोगोनको कर्नरमा पहिलो हाफको इन्जुरी समयमा डिफेन्डिङ च्याम्पियनले खेलमा अग्रता लिएको हो ।

दोस्रो हाफमा घरेलु टोली ओसासुनाका लागि चिली अविलाले खेल बराबरीमा ल्याएका थिए ।

एलेक्जान्द्रो काटेनाको फाउलमा प्राप्त पेनाल्टीमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए । काटेना रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली अन्तिम ५ मिनेट १० खेलाडीमा सिमित बनेको थियो ।

म्यानचेस्टर युनाईटेडका डिफेन्डर कान्सेलो र एट्लेटिको मड्रिडका फरवार्ड फेलिक्स यसै सिजन लोनमा बार्सिलोना आएका छन् ।

बार्सिलोनाले ४ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट ओसासुनाको ६ अंक छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर