आँधी आउन सक्ने भन्दै सर्वसाधारण, जलसेना र माझीहरुलाई सचेत रहन आग्रह

काठमाडौं । श्रीलंकामा भारी वर्षासँगै आँधी आउन सक्ने भन्दै सर्वसाधारण, जलसेना र माझीहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

श्रीलंकाको मौसम विज्ञान विभागले टापुको तटीय क्षेत्रमा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने पूर्वानुमान गर्दै सचेत रहन आग्रह गरेको हो ।

श्रीलंकाको हम्बनटोटादेखि पोट्टभलसम्मको समुद्री क्षेत्र र त्रिङ्कोमालीमा हावाको गति बढ्न सक्ने अनुमान मौसम विज्ञान विभागको रहेको छ । साथै दक्षिण–पश्चिमी भू–भागमा अझै वर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।

पश्चिमी र सबरागामुवा प्रान्तका केही स्थान, गाले, मातरारा र नुवारा एलिया जिल्लाका केही स्थानमा सय मलिमिटर भन्दा बढी वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर