अमेरिकी योजना विपरित तालिवानले सत्ता कब्जा गरेको खुलासा

काठमाडौं । अफगानिस्तानमा तालिवानको उदय अमेरिकी सरकारको योजनालाई चक्मा दिंदै भएको खुलासा भएको छ ।

दुई वर्ष अघि अफगानिस्तानका तत्कालिन राष्ट्रपति असरफ घानी देश छाडेर भागेको खबर समेत अमेरिकी राष्ट्रपति जो बाइडेनले पछि थाहा पाएको पनि खुलासा भएको छ ।

अमेरिकी पत्रकार फ्रयाङ्कलिन फोएरको मंगलबार प्रकाशित हुने तयारीमा रहेको “द लास्ट पोलिटिसिएन” नामक पुस्तकमा घानी देश छाडेर भागे भन्ने खबर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले सुनाउँदा क्याम्प डेभिडमा विदा मनाईरहेका बाइडेन पड्केको दाबी गरिएको छ ।

तालिवानले घेरा हाल्दै आए पनि अमेरिकी सरकार र अफगानिस्तानस्थित अमेरिकी सेना अगष्ट ३१ तारिखसम्ममा सबै मिलाएर सत्ता हस्तान्तरण गर्ने तयारीमा रहेकोमा घानी आत्तिएर भाग्दा अमेरिकी योजना असफल भएको पुस्तकमा दाबी गरिएको फक्स न्युजले जनाएको छ ।

तालिवानले सत्ता हत्याउने समयमा राष्ट्रपति बाइडेन, विदेशमन्त्री एन्टोनी ब्लिंकेन र ह्वाइटहाउसकी प्रेस सेक्रेटरी जेन पिकासीलगायत उच्च अमेरिकी अधिकारीहरु विदामा रहेको पनि पुस्तकमा उल्लेख छ ।

तालिवानले सत्ता कब्जा गरेपछि कावुल विमानस्थलमा अमेरिकी सैनिक विमानमा झुण्डिएका सर्वसाधारणहरुको तस्वीर सार्वजनिक भएपछि राष्ट्रपति बाइडेन विदा छोट्याएर ह्वाइट हाउस फर्किएको पनि उल्लेख छ ।

अफगानिस्तानमा बाइडेन प्रशासन असफल भएको भन्ने पत्रपत्रिकाका हेडलाइन र समाचार पचाउन बाइडेनलाई बडा मुश्किल भएको पनि पत्रकार फोएरले दाबी गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर