परराष्ट्रमन्त्री साउदले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

नेपाली कांग्रेसका सांसद साउदलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए । सोहीअनुसार राष्ट्रपति पौडेलले मन्त्री साउदलाई नेपालको संविधानबमोजिम शपथ ग्रहण गराइएको हो ।

यसैगरी दुई मन्त्रीसहित सरकारमा रहेको दल नेकपा (एकीकृत समाजवादी) ले थप एक राज्यमन्त्री पाएको छ । एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार र बेदुराम भुसाल कृषिमन्त्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर