न्यायाधीश शर्माविरुद्ध उजुरी आव्हान

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीश सिफारिस भएका विनोद शर्माविरुद्ध उजुरी आव्हान गरेको छ ।

सुनवाइ समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै शर्माविरुद्ध कुनै उजुरी भए १० दिनभित्र कार्यालयको ठेगानामा पत्राचार गर्न वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिन सक्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।

सार्वजनिक सूचना अनुसार त्यसरी सूचना दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनु पर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरासमेत आइतबार जारी सूचनामार्फत जानकारी गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर