लामोसाँघु जिरी सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा दुईको मृत्यु : ६ गम्भीर घाइते

काठमाडौं । दोलखाबाट काठमाडौँ आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति करिब २ बजे लामोसाँघु जिरी सडक खण्डको अर्न्तगत सिन्धुपाल्चोकको ५ किलो नजिकै बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको ट्राफिक प्रहरी सिन्धुपाल्चोकले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर