इन्दु बर्मा प्लेयर अफ द म्याच

काठमाडौं । विश्वकप एसिया छनोटमा बहराइनविरुद्धको खेलमा नेपालकी इन्दु बर्मा प्लेयर अफ द म्याच भएकी छिन् ।

नेपाललाई १० विकेटको फराकिलो जित दिलाउन महत्वपुर्ण समयमा विकेट लिन सफल बर्मा प्लेयर अफ द म्याच बन्न सफल भएकी हुन् ।

इन्दुले ४ ओभरमा २ मेडन राखेर ५ रन खर्चिदै ३ विकेट लिएकी थिईन् । बर्माले २४ मध्ये २२ डट बल गरेकी थिईन् ।

मलेसियामा जारी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गतको लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ ।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर