सैनिक चढेको गाडीमा आतंकवादी हमला हुँदा ९ सैनिक मारिए

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा क्षेत्रमा सैनिक चढेको गाडीमा आतंकवादी हमला हुँदा ९ जना सैनिक मारिएका छन् ।

घटनामा २० जना सैनिक घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । खैबर पख्तुनख्वाको मालीखेल भन्ने स्थानमा मोटरसाइकलमा सवार ब्यक्तिले आत्मघाती आक्रमण गरेको जनाइएको छ ।

सो प्रान्तमा एक महिनाको बीचमा आत्मघाती आक्रमण भएको यो दोस्रो घटना हो । गत जुलाई ३० मा एउटा राजनीतिक र्‍यालीमा आत्मघाती आक्रमण हुँदा ५४ जनाको मृत्यु भएको थियो भने सय जना भन्दा बढी घाइते भएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर