भोजपुर केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । भोजपुरलाई केन्द्र बनाएर भूकम्प गएको छ ।
शुक्रबार बिहान १ बजेर ११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का भोजपुरलगायत आसपासका जिल्लामा महसुस भएको छ ।
यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया