गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनको मृत्यु ८ घाइते

पाल्पा । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ भने घटनामा ८ जना घाइते भएका छन्।

गुल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको गुडिरहेको जिपमा माथिबाट पहिरोसँगै ढुंगा खस्दा तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा सो घटना भएको हो ।

मृत्यु हुनेमा दुई पुरुष र एक महिला भए पनि उनीहरुको पहिचान खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि पाल्पाको तानसेन मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर