पाकिस्तान र भारतलाई प्रतिस्पर्धात्मक चुनौती पेश गर्छौं

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने बताएका छन् ।

एसिया कपको उद्घाटन खेल अघि पत्रकार सम्मेलनमा कप्तान रोहितले प्रतियोगितामा पाकिस्तान र भारतलाई प्रतिस्पर्धात्मक चुनौती पेश गर्ने बताएका हुन् ।

‘एसिया कप नेपालका लागि ठूलो उपलब्धि हो । पाकिस्तान ठूलो टिम हो । तर पाकिस्तानविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ । हामी लायक छौं, त्यही भएर एसिया कपमा छौं ।’ कप्तान रोहित भने ।

उनले पाकिस्तान र नेपाली टिममा अनुभवको मात्र फरक रहेको भन्दै दुवै टिममा राम्रा बलर र ब्याट्सम्यान रहेको उल्लेख गरे ।

उनले पाकिस्तानी टिम भन्दापनि हरेक एक बलमा केन्द्रित भएर पाकिस्तानविरुद्ध मैदान उत्रने बताए ।

कप्तान रोहितले एसिया कपका लागि नेपालले राम्रो तयारी गरेको बताए । उनले जिम्बाबेमा विश्वकप छनोट र इमर्जिङ कपको दौरान टिमले राम्रो तयारी गरेको उल्लेख गरे ।

‘पाकिस्तानी टिममा विश्वस्तरीय खेलाडी छन् । तर हामी प्रत्येक बलमा केन्द्रित भएर खेल्नेछौं ।

उनले एसिया कपसँग नेपालका धेरै अपेक्षा र सपना भएको उल्लेख गर्दै माथिल्लो स्तरको क्रिकेट खेल्ने दुई दशकको सपना पुरा हुन लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर