बिद्रोही समुहको आक्रमणमा कम्तीमा १८३ जनाको मृत्यु

काठमाडौं । इथियोपियाको बिद्रोही समुहको आक्रमणमा बिगत दुइ महिनामा कम्तीमा १८३ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको छिमेकी टिग्रेमा फानो मिलिसियाका लडाकुहरूले गरेको आक्रमणमा १८३ जना मारिएका हुन् ।

इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रिँदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै राष्ट्र संघीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले अम्हारा क्षेत्रमा इथियोपियाली सेना र फानो मिलिसियाबीच झडप भएपछि यति धेरै संख्यामा मानिसहरु मारिएको बताए ।

गत जुलाइको सुरूमा राष्ट्रिय सेना र फानो लडाकुहरूबीच झडपपछि त्यस क्षेत्रमा आपत्कालिन अवस्थाको घोषणा गरिएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर