हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड ईर्लिङ हालाण्डले पीएफए मेन्स प्लेयर अफ दी इयर अवार्ड प्राप्त गरेका छन् ।

प्रोफेसनल फुटबलर्स एसोसियसनले प्रदान गर्ने वर्ष पुरुष खेलाडीको अवार्ड सिटीका फरवार्ड हालाण्डले प्राप्त गरेका हुन् । यस्तै, युवा वर्ष खेलाडीको अवार्ड भने आर्सनलका बुकायो साकाले प्राप्त गरे ।

नर्वेका फरवार्ड हालाण्डले सबै प्रतियोगितामा गरि सिटीका लागि डेब्यु सिजनमा ५२ गोल गरेका थिए । हालाण्डले सिटीकै सहकर्मी केभिन डी ब्रुइन र जोन स्टोन्स, आर्सनलका साका र मार्टिन वडेगार्ड र टोटेनहमका तत्कालिन खेलाडी ह्यारी केनलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन् ।

हालाण्ड प्रेरित सिटीले प्रिमियर लिग, एफ ए कप र च्याम्पियन्स लिग सहित ट्रेबल उपाधि एकै सिजनमा हात पारेको थियो ।

‘यो प्रतिष्ठित पुरस्कार जित्न पाउनु सम्मानको कुरा हो । आफ्नै प्रतिस्पर्धीबाट चुनिनु निकै राम्रो महशुश भएको छ । र सबैलाई मतका लागि धन्यबाद दिन चाहन्छु ।’ उनले भनेका छन् ।

सन् २०२२ मा हालाण्ड ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए । हालाण्ड वर्ष युवा खेलाडीमा समेत मनोनित भएका थिए ।

सो विधाको अवार्ड गत सिजन १४ गोल गरेर ११ गोलको अवसर सिर्जना गरेका आर्सनलका साकाले प्राप्त गरे । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर