एसिया कप क्रिकेट : आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं ।  एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपाल र पाकिस्तान भिड्दैछन् ।

मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ । नेपालले पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो ।

पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् ।

पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ ।

गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर