चन्द्रयान–३ पछि भारतको दृष्टि अब सूर्यतिर

काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गराएको भारतले अब सूर्यको अध्ययन गर्ने भएकाे छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले सूर्यको अध्ययन गर्न आदित्य एल–१ मिसन सेप्टेम्बर २ तारिखमा शुरु गर्ने बीबीसी हिन्दीले जनाएको छ । एल–१ को रकेट आउँदो महिना सेप्टेम्बर २ तारिखमा बिहान ११ बजेर ५० मिनेटमा श्रीहरिकोटबाट प्रक्षेपण गरिने इसरोले जानकारी दिएको छ ।

इसरोले सूर्यको अध्ययन गर्ने भारतको यो पहिलो अन्तरिक्ष मिसन भएको बताएको छ । इसरोले आमनागरिकलाई श्रीहरिकोटको प्रक्षेपण प्रत्यक्ष प्रसारण गर्ने पनि जानकारी दिएको छ ।

अन्तरिक्षयानलाई पृथ्वीबाट झन्डै १५ लाख किलोमिटर टाढा रहेको सूर्य–पृथ्वी प्रणालीको एल–१ विन्दु वरिपरि हलो कक्षमा पठाइने इसरोले जनाएको छ । एल–१ विन्दुको वरिपरि कोरोनल अर्बिटमा राख्दा यसले सूर्यलाई कुनै पनि ग्रहणविना निरन्तर अवलोकन गर्न सक्छ । अन्तरिक्ष यानले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको सबैभन्दा बाहिरि तहको अध्ययन गर्ने सात पेलोडहरू बोक्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर