डलर साटिदिन्छु भनी प्रलोभन देखाई साढे ३० लाख ठगी गर्ने तामाङ पक्राउ

काठमाडौं । उपत्यकाका बिभिन्न स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।

डलर साटिदिन्छु भनी प्रलोभन देखाई साढे ३० लाख ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल बालकोट बस्ने २८ को भीमबहादुर तामाङलाई १५ चैतमा बालकोट बसपार्कबाट नियन्त्रणमा लिएको हो।

उनले भक्तपुरको दधिकोटबाट १९ लाख, भक्तपुर बालकोटबाट पाँच लाख पचास हजार, ललितपुर सानोगाउँबाट चार लाख र ललितपुर चाँगाथलीबाट दुई लाख ठगी गरेको सीसीटीभी फुटेजसहितको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर