बागमती प्रदेशमा डेङ्गुका सङक्रमित थपिए

काठमाडौं । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ९७ जना डेङ्गुका सङक्रमित थपिएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७ जना सङक्रमित थपिएसँगै यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेङ्गु रोग सङक्रमितको सङ्ख्या प्रदेशभरमा चार हजार ९८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप एक जना डेङ्गु सङ्क्रमण भएकाको मृत्युभएको छ । योसँगै बागमती प्रदेशमा डेङ्गु रोग सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

ललितपुरमा दुई जना तथा धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोकका एक–एक जनाको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको जानकारी मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले दिए  । यसअघि यस प्रदेशमा आइतबार ७२ जना डेङ्गुका नयाँ रोगी भेटिएका थिए । मन्त्रालयका सूचना अधिकारी भुसाल प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङक्रमण फैलिएको बताए ।

यस प्रदेशमा गत जनवरी यता सबैभन्दा बढी धादिङ जिल्लामा डेङ्गुको प्रकोप फैलिएको छ । गत जनवरीदेखि यता धादिङ जिल्लामा दुई हजार ६४२, काठमाडौँमा ४१०, ललितपुरमा २१६, भक्तपुरमा १३७, नुवाकोटमा ८३, रामेछापमा ४२, चितवन १७९, मकवानपुरमा २९०, काभ्रे ३९, सिन्धुली २८, रसुवा ६, दोलखा १२ र सिन्धुपाल्चोकमा १४ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर