एमसिसीसँग माधव नेपाल सशंकित र भने छलफल गरौँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेकाले छलफल गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा अध्यक्ष नेपालले एमसिसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताउँदै भने, राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गदएछु । सिमानासँग जोडिएका विषयवस्तुहरू चुनौतीको रुपमा आइरहेको भन्दै त्यसलाई छलफल र संवादबाट टुङ्ग्याउनुपर्ने नेपालको भनाइ छ ।

उनले भने, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा विषयहरु छन् । एमसिसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ कि छैन भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सिमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन् । सीमानासँग जोडिएको विषयवस्तुभित्र संवेदनशील कुराहरू छन् ।’ अध्यक्ष नेपालले संयुक्त राष्ट्र सङ्घको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर