एनपी साउद परराष्ट्रमन्त्री नियुक्त आजै शपथ ग्रहण गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकार आठौं पटक विस्तार हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त परराष्ट्रमन्त्री साउदले आइतबार मन्त्री पदको गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनी कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर