सोमबार पनि सुनको भाउ स्थिर

काठमाडौं । सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार र आइतबार पनि सुनको भाउ स्थिर रहेको थियो ।

सोमबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर