सर्वोच्चले पेशी र तारेख तोक्न अटोमेसन सिष्टम अपनाउने

काठमाडौं । सर्वोच्च अदालतले भाद्र ११ गते सोमदेखि ‘पेशी तारेख अटोमेसन सिष्टम’ सुरु गर्ने भएको छ ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले सोमदेखि सो सिस्टम लागू गर्न लागेको जानकारी दिए

बधाई दिन आइतबार प्रधानन्यायाधीशको कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुसँगको सामूहिक भेटमा उनले अदालतभित्र हुने अनियमितता हुन नदिन पनि आफूले उक्त प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पारे । प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिन पनि आफूले सो अटोमेसन सिष्टमको सुरुवात गर्नुपरेको बताए । उनले प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर